युरो कप: इङल्याण्डको पनि राम्रो शुरुवात

एजेन्सी, ३० जेठ
युरो कप फुटवल प्रतियोगिता अन्र्तगत केही बेर अगाडी सम्पन्न समुहगत चरणको आफनो पहिलो खेलमा इङल्याण्डले जीत दर्ता गराएको छ । यो प्रतियोगिताकै बलियो दावेदारका रुपमा रहेको क्रोएशियालाई एक शुन्य गोल अन्तरले पराजित गर्न इङल्याण्ड सफल भयो । युरो कप फुटवल अन्र्तगत अहिलेसम्म चार वटा खेल सम्पन्न भैसकेका छन् । शनिवार भएका खेलमा फिनल्याण्डले डेनमार्क माथी एक शुन्य गोल अन्तरको जीत दर्ता गरायो । त्यस्तै बेल्जियमले पनि रसियामाथी तीन शुन्य गोल अन्तरको जीत दर्ता गराएको थियो । शुक्रवार राती भएका अन्य दुई खेलमा इटलीले जीत दर्ता गरायो भने वेल्स र स्वीजरल्याण्ड विचको खेल एक एक गोलको बरावरीमा सकिएको थियो ।
युरो कप फुटवलमा छनौट चरण पार गरेर आएका युरोपका २४ देश सहभागी छन् ।
समुह ए मा इटली, वेल्स, स्वीजरल्याण्ड र टर्की रहेका छन् । त्यस्तै समुह वि मा वेल्जियम, फिनल्याण्ड, डेनमार्क र रसिया रहेका छन् । समुह सी मा अष्ट्रिया, नेदरल्याण्डस, नर्थ मेसेडोनिया र युक्रेन रहेका छन् ।
समुह डी मा इङल्याण्ड, चेक रिपब्लिक, स्कटरल्याण्ड र क्रोएशिया रहेका छन् । समुह इ मा पोल्याण्ड, स्लोभाकिया, स्पेन र स्वीडेन रहेका छन् । समुह एफ मा फ्रान्स, जर्मनी, हंगेरी र पोर्चुगल रहेका छन् । प्रतियोगिता जुलाई १२ तारिखसम्म चल्नेछ । प्रतियोगिताका खेलहरु युरोपका विभिन्न शहरका स्टेडियममा संचालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *