युसेन बोल्टको जुत्ता चोरी

चर्चित जमैकन धावक युसेन बोल्टको रनिङ जुत्ता चोरी भएको छ । हेर्टफोर्डशायरमा एउटा कार फुटाएर चोरले ती जुत्ता लगेको प्रहरीले जनाएको छ । पुमाको रनिङ जुत्तामा छोटो दुरीका धावक बोल्टले हस्ताक्षर समेत गरेका थिए । सो ज्त्ता एक स्पोर्टस च्यारिटीका लागी भएको लिलामीका दौरान खरिद गरिएको थियो । ती जुत्ता एउटा फ्रेममा प्रमााण पत्र र बोल्टको फोटो सहित राखिएको थियो । चोरले ती सवै कुरा लगेको बताइएको छ ।
प्रहरीले घटनाको प्रत्यक्ष दर्शीहरुको खोजी गरिरहेको छ । सो जुत्ता खरिद गर्ने ब्यक्तिले प्रसस्त रकम खर्च गरेर सो लिलामी स्वीकारेको प्रहरीले जनाएको छ । जमैकन धावक बोल्टले सन् २००८ मा तीन वटा स्वर्ण पदक जितेका थिए । साथै लण्डन अ‍ोलम्पिक्समा पनि एक सय, दुई सय र ४ इन्टु एक सय मिटर  रिलेमा स्वर्ण पदक जितेका थिए । बोल्ट विश्वकै सवैभन्दा तेज गतिका धावक हुन् । उनले बनाएको रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *