योहान कलिन

खेलपेपर, काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताये । प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर र चुनौती दुवै रहेकाले आसन्न साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने आफ्नो उद्देश्य रहेको बताये ।

विसं २०७० मा काठमाडौँमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उहाँ नेपाल आउनुभएको थियो । सो प्रतियोगितामा कलिनको प्रशिक्षणमा रहेको मच्छिन्द्र क्लब दोस्रो भएको थियो । “नेपाली फुटबलमा ठूलो सम्भावना छ”, कलिनले भन्नुभयो । उहाँले आगामी चैतमा मलेसियासँग हुने मैत्रीपूर्ण खेलको तयारीमा जुट्ने बताये ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कागजी प्रक्रिया मिलाउन बाँकी रहेकाले कलिनसँगको सम्झौताबारे केही दिनमा सार्वजनिक गरिने बताउनुभयो । एन्फाले स्विडेनका नागरिक कलिनसँग दुई वर्षका लागि सम्झौता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *