‘यो हाम्रो स्वर्ण पदक नै हो’

जाग्रेब, एजेन्सी
विश्व कप फुटवलको फाइनल पराजित भएर दोस्रो स्थानमा चित्त बुझाए पनि क्रोएशियाली समर्थकले खेलाडीहरुलाई यती सम्मान र माया दिए कि त्यसको तारिफमा बोल्न पर्ने केही शब्द नै छैन । राजधानी जाग्रेव आइपुगेको क्रोएशियाली फुटवल टोलीको सम्मानमा यहाँका सडकमा ५ लाख भन्दा बढी फ्यान जम्मा भएका थिए । उनीहरु कराउदै थिए ‘ यो हाम्रो लागी विश्व कप जित नै हो ’  क्रोएशियाको जनसंख्याको दश भागको एक भाग जनसंख्या जाग्रेवको सडकमा उत्रेको थियो । क्रोएशिया आइपुगेपछि कप्तान तथा चर्चित फुटवल खेलाडी लुका मोर्डिचले भने ‘ धन्यवाद क्रोएशिया, धन्यवाद जाग्रेव, हामीले हाम्रो सपना पुरा ग¥यौ’ । मोर्डिचले यो विश्व कपमा उत्कृष्ट खेलाडीको पुरस्कार पनि प्राप्त गरेका थिए । क्रोएशियाली प्रशिक्षक ज्लाट्को डालिक पनि निकै खुशी थिए । उनले भने ‘ हामीले विश्व कप त जित्न सकेनौ, हामी उप विजेता मात्रै भयौ, हाम्रा खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेकै हो’ उनले यती भनिरहदा लाखौ फ्यानहरुले च्याम्पियन, च्याम्पियन भन्ने नारा लगाइरहेका थिए । फाइनलमा पुगे देखी नै क्रोएशियामा खुशीयाली मनाउने क्रम शुरु भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *