रंगशालामा कराँते खेलाडीहरुको कडा प्रशिक्षण

काठमाण्डौ,२१,बिहिबार । राजधानीको दशरथ रंगशालाको कराँते हलमा आँउदो अन्तरास्टिय खेलकुद प्रतिस्पर्धाको लागी रास्टिय खेलाडीहरुको कडा प्रशिक्षण भैरहेको छ । १२ औँ दक्षिण एसीयाली प्रतियोगीताको निराशाजनक प्रर्दशन पछि रास्टिय खेलकुद परिषदले हालै भएको ७ औँ रास्टिय खेलकुद प्रतियोगीताबाट छनोट भएका खेलाडीहरुलाईनियमित प्रशिक्षणमा राखेको हो । प्रशिक्षण बिहान ८ बजे देखि साँढे १० बजेसम्म रंगशालामा भईरहेको छ । काँता र कुमुते दुई बिधामा महिला र पुरुष खेलाडीहरु गरी समग्रमा ३१ जना प्रशिक्षणमा सहभागी छन् । राखेपले खेलाडीको प्रदर्शन सुधार्नको लागी प्रशिक्षणको ब्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *