राष्ट्रिय खेलकुद परिषद्ले संचालन गरेको राखेप च्याम्पियनसिप अन्तरगत राष्ट्रिय बक्सिङ प्रतियोगिता झापाको बिर्तामोडमा हुने भएको छ । शनिवार नेपाल बक्सिङ्ग संघले प्रेस बिज्ञप्ति मार्फ जानकारी गराएको छ । नेपाल बक्सिङ्ग संघको आयोजना एवम् झापा जिल्ला बक्सिङ्ग संघको संयोजकत्वमा २७औँ पुरुष तथा ८ औँ महिला राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता पुष २२ देखि २६ सम्म संचालन हुने संघका महासचिव सबिन भट्टाचार्यले जानकारी गराएका हुन । प्रतियोगीतामा पुरुषतर्फ ४९ के.जी. तौल समुह देखि ९१+ तौल सम्म जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने छ भने महिलातर्फ ४८ के.जी. तौल समुह देखि ७५ के.जी. तौल सम्म ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । बिजेता खेलाडीलाई एशियाली खेलकुद र १३ औं दक्षिण एशियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षणमा राखीने संघले जनाएको छ । प्रतियोगिता ३ विभागीय टिम सम्पूर्ण जिल्लाबक्सिङ्ग संघ एवम् क्लवहरुले सहभागिता जनाउन पाउने छन् ।
