रानीपोखरी कर्नर विजयी

खेलपेपर, काठमाडौं।
१० फाल्गुन २०७५

शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत शुक्रबार भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ ।

सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे । आरसीटीका नवराजले खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक सावित भयो । जीतसँगै आरसीटीले ७ अंक जोडेको छ भने पराजित झम्सिखेलको आठ अंक छ ।

Leave a Reply

Your email address will not be published.