राष्ट्रिय नोभिष बक्सिङको उद्घाटन खेलमा डोल्पाका शेखर बिजयी

खेलपेपर, काठमाडौं |

प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि शुरु भएको छ । नेपाल बक्सिङ सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गरेका थिए| उहा सँगइ राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पिताम्बर तिम्सिनाको पनि उपस्तिथी थियो |

प्रतियोगिताको पहिलो खेल कास्कीको दीपु कार्की (रातो) र शेखर पुरी (निलो) को बिचमा रहेको थियो | पहिलो खेल निकै रोमन्चक थियो र उद्घाटन खेल को बिजयी शेखर पुरी भएका थिए | आज पुरुषतर्फ ४९, ५२ र ५६ किलो तौल समूहको खेल हुने तलिका रहेको थियो |

प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० किलो तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता संयोजक एवं राखेप सदस्य अर्जुनबहादुर केसीका अनुसार प्रतियोगितामा महिला २४ वर्षमुनि ४८, ५१, ५४, ५७ ,६० र ६४ किलो तौल समूहसमेत समावेश गरिएको छ ।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९,७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने सो प्रतियोगिताका लागि रु २५ लाख बजेटको व्यवस्था गरिएको अध्यक्ष अवालेले जानकारी दिनुभयो । प्रत्येका तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *