राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

काठमाडौं, २० असार ।

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु भएको छ । जुलाई १ देखि हुने भनिएको खेल केही खेलाडीमा कोरोना संक्रमणका कारण आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपलाई लक्षित गर्दै प्रशिक्षण शुरु गरेका हुन् । प्रशिक्षणका लागि अलमुताइरीले क्याम्पमा ५० खेलाडीलाई बोलाएका छन् । ती ५० खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण गराइनेछ । अर्को वर्ष फेब्रुअरीमा शुरु हुने एएफसी एसियन कपको अन्तिम छनोटका लागि पनि यो प्रशिक्षण केन्द्रित हुने बताइएको छ ।बुधबार गरिएको प्रशिक्षणमा शुरुमा ११ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि शुक्रबार पुनः परीक्षणमा भने उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । अलमुताइरीलाई सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षक विकास मल्लले सघाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *