राष्ट्रिय सुटिङ बिहीबारदेखि

नेपाल सुटिङ संघको आयोजनामा राष्ट्रिय खुला सुटिङ प्रतियोगिता सातदोबाटोस्थित सुटिङ रेन्जमा बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा पााच विकास क्षेत्र, नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लब गरी ७ टिमबाट समान १२ का दरले ८४ खेलाडीको सहभागिता रहने सुटिङ संघका सचिव एवं वरिष्ठ प्रशिक्षक प्रदीप खातीले जनाएका छन् । प्रत्येक टिममा समान ६–६ पुरुष र महिला खेलाडी रहनेछन् । व्यक्तिगत र टिम गरी पुरुष/महिलामा ४–४ गरी जम्मा ८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता असार ११ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *