रिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन

खेलपेपर, काठमाडौं।
२४ मङ्सिर २०७५

अतिरिक्त समयको बोका जुनियर्सलाई ३–१ ले पराजित गर्दै क्लब एट्लेटिको लिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन बनेको छ । रिभर प्लेटले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेगको खेल २–२ गोलको बराबरीमा रहेको थियो ।

रिभर प्लेटले १० खेलाडीमा समेटिएको बोकालाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

४४औं मिनेटमा डारियो बेन्टेडोले गोल गर्दै बोका जुनियर्सलाई खेलमा अग्रता दिलाएका थिए । ६८औं मिनेटमा लुकास प्राटोले बराबरी गोल फर्काएपछि निर्धारि समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

९२औं मिनेटमा बोका जुनियर्सका विल्मर वारियोस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा यसको फाइदा रिभर प्लेटले उठायो । १०९औं मिनेटमा जुवान फर्नान्डो क्वेन्टेरो गोल गर्दै टिमलाई २–१ अग्रता दिलाएका थिए ।

अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोन्जालो निकोलस मार्टिनेजले विजयी गोल गर्दै रिभर प्लेटलाई ३–१ को जित दिलाउदै च्याम्पियन बनाए ।

ब्युनर्स आयर्समा दुई साता अघि नै हुनुपर्ने फाइनल खेल हुल दंगाका कारण स्पेनमा भएको हो । दुई साता अघि फाइनल खेलको लागि मैदान जादै गर्दा बोका जुनियर्स चढेको बसमा आक्रमण भएको थियो । त्यसपछि खेल दुई सातापछि स्पेनमा सारिएको थियो ।

Leave a Reply

Your email address will not be published.