रियलको जिम्मेवारी अव जिदानेलाई

रियल मेड्रिडले राफा बेनिटेजलाई बर्खास्त गर्दै उनको स्थानम पूर्व खेलाडी जिनेदाइन जिदानेलाई नया प्रशिक्षकको जिम्मेवारी दिएको छ । फ्रान्सेली राष्ट्रिय टिमका पूर्व खेलाडी जिदानेले रियलको वि टिमलाई प्रशिक्षण दिदै आएका थिए । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भ्यालेन्सीया विरुद्धको खेलमा दुई दुई गोलको बरावरी भएको भोली पल्ट यस्तो निर्णय लिएका हुन् । यस अघि गत नोभेम्वरमा बार्सिलोना विरुद्धको खेलमा रियल ४–० गोल अन्तरले  पराजित भएको थियो । गत नोभेम्वरको सो खेल पश्चात पनि मेड्रिडले खेलेका नौ खेल मध्ये सात वटामा जीत दर्ता गराएको थियो । तर पनि समर्थकहरुले भने बेनिटेजलाई रुचाएका थिएनन् । समर्थककै भावना अनुसार सो  निर्णय गरिएको पेरेजले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *