रियल क्लब विश्वकप बिजेता

खेलपेपर, काठमाडौं।
८ पौष २०७५

युरोपेली च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनलमा यूएईको अल आइनलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियलले विश्वकपको उपाधी हात पारेको छ।

रियलका लागि खेलको १४ अौं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० अौं मिनेटमा मार्कस लोरेन्टेले अग्रता दोब्बर पारे । सर्जियो रामोसले ७९ अौं मिनेटमा रियललाई ३-० ले अगाडी बढाए ।

खेलको ४ मिनेट बाँकी रहँदा सुकासा सिअोतानीले अग्रता कम गरे । तर इन्ज्युरी समयमा याह्या नादेरले अात्मघाती गोल गरेपछि रियल ४-१ ले विजयी भयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि रियलका ग्यारेथ बेलले जिते । उनले २ खेलमा ३ गोल गरेका थिए । सिल्भर बल अल आईनका कैओले पाउँदा ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले पाए । रियल म्याड्रिडले फेयर प्ले अवार्ड पनि प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *