रुपेश र पुजालाई गोल्डेनगेट छात्रवृत्ति कप चेस

काठमाडौं, ४ असार ।
मर्निङ ग्लोरी एकेडेमी कास्कीका छात्रा पुजा भण्डारीले काठमाडौंमा सम्पन्न गोल्डेनगेट छात्रवृत्ति कप चेस प्रतियोगिताको उपाधि हात पार्न सफल भएकी छिन् । छात्रवृत्ति कपको विद्यालय छात्रा तर्फको उपाधि हात पार्ने कम्रमा पुजाले सात चरणमा अपराजीत रहादै सात अंक हासिल गरिन् । उता विद्यालय छात्र तर्फको उपाधि लेब्रोटरी हाइस्कुल काठमाडौंका विवेक श्रेष्ठले हात पारे । कलेज छात्रतर्फको उपाधि गोल्डेनडेट इन्टरनेशनल कलेजका रुपेश जयसवालले हात पारे । कलेज छात्रा तर्फ गोल्डेनगेटकै पुर्णिमा जयसवाल अब्बल रहिन् । नेपालकै सर्वाधिक पुरस्कार राशि (करिब १२ लाख) बराबरको छात्रवृत्ति पुरस्कार रहेको प्रतियोगितामा ट्रिनीटी इन्टरनेशनल कलेजका विजय डंगोल तथा गोल्डेनगेटका प्रशान्त थापा कलेजतर्फ दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । उता कलेज छात्रातर्फ गोल्डेनगेटका विना जयसवाल तथा काठमाडौं मोटेल कलेजका विशेखा जयसवाल क्रमश: दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी विद्यालय छात्रातर्फ लुनार स्कुल काठमाडौंकी रक्षा राउत दोश्रो तथा अन्नपूर्ण स्कुल काठमाडौंकी आरती पाण्डे तेश्रो हुन सफल भईन् । त्यस्तै महांकाल स्कुल काठमाडौंका विकास बस्नेत क्षेत्री तथा एभरेष्ट एकेडेमी कैलालीका महेश खड्का विद्यालय छात्रतर्फ दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । गोल्डेनगेट चेस क्लब काठमाडौंको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालका २६ शैक्षिक संस्थाका ९० खेलाडीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *