रुस्लन थ्री स्टार क्लबको फराकिलो जीत

खेलपेपर, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले ब्रिगेड ब्वाइज क्लबमाथि शानदार जित हात पारेको छ ।

आइतबार भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजमाथि ५–१ को जीत सँगइ शिर्ष स्थान हासिल गरेको| हाल्फ टाईम अगाडि रन्जित धिमालको  पेनाल्टीबाट अग्रता लिदै रुस्लन थ्री स्टार क्लबले दबाब कायम राखेको थियो | दोस्रो हाल्फमा खेलको ५१ औं मिनेटमा सुनिल बलले गोल गरे । खेलको ७४ औं मिनेटमा ब्रिगेड ब्वाइजले गोल गरे । तर, थ्रीस्टारका लागि ८४ औं मिनेटमा रञ्जन विष्ट, ८९ औं मिनेटमा निराजन खड्का र इन्जुरी टाइममा विक्रम लामाले गोल गरे ।

जितसँगै थ्री स्टारले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । अंक तालिकामा २ खेलमा ६ अंक जोडेको थ्री स्टार शीर्षस्थानमा छ । दुवै खेलमा पराजित ब्रिगेड ब्वाइज अंक तालिकाको पुछारमा रहेको छ ।

आज भएको अर्को खेलमा भने पुलिस र मछिन्द्र क्लब गोलरहित बराबरीमा रोकिएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *