रुस्लान थ्री स्टार बिजयी

खेलपेपर, काठमाडौं ।

पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा रुस्लान थ्री स्टार क्लबले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ । खेलको ७५ औ मिनटमा अाशीष बानले अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गर्दा एनअारटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाएपनि रन्जितले रिबाउन्डमा सहजै गोल गरे । यो लिग भरी धिमालको ३ गोल रहेको छ जस्मा २ पेनाल्टीबाट रहेको छ ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडर मार्फत नै गोल गरेका थिए ।

जितसँगै थ्री स्टारले ४ खेलमा ९ अंक जोडेको छ ‌। एनअारटी भने लगातार तेस्रो हारपछि ४ खेलमा १ अंकमै रहेको छ ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *