रेन्ज अफिसियल तालिम सम्पन्न

नेपाल सुटिङ संघको आयोजनामा रेन्ज अफिसियल तालिम सातदोबाटोस्थित सुटिङ कम्प्लेक्समा मंगलबार सम्पन्न भएको छ । तालिममा पााच विकास क्षेत्रबाट १ का दरले ५, नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लबबाट २ का दरले ४, काठमाडौंबाट ४, संघबाट १, प्रशिक्षकबाट २ र सैनिक आवसिय महाविद्यालयबाट १ गरी १७ जना सहभागी थिए । दुईदिने तालिममा सहभागीहरुलाई मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज ध्रुवविक्रम शाह र वरिष्ठ प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज प्रदीप खातीले प्रशिक्षण दिएका थिए । तालिममा परिवर्तित नयाा नियमका साथै प्रतियोगिता हुादा रेन्ज अफिसिर, जज र जुरीले गर्नुपर्ने कामका बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *