रोगले बनेकी खेलाडी

काठमाण्डौ, खेलपेपर । विनिता राई अवको केही महिना पछि अमेरिकाको लास भेगासमा आयोजना हुने वडि विल्डिङ प्रतियोगिताको तयारीमा जुटेकी छिन् । उनको लागी अहिलेको यो अवस्था ड्रिम कम ट्रिउ भने जस्तै हो ।

स्कुले जीवन देखी वैवाहिक जीवन हुदै बच्चा जन्मदाको अवस्थासम्म पनि विनितालाई ढाड दुख्ने समस्याले हैरान पारेको थियो । ढाड दुख्ने समस्याले आफनो जीवनको उत्तरार्ध कठिन हुने आँकलन उनले गरेकी थिइन् । तर आज उनको जीवनमा अभुतपूर्व परिवर्तन आएको छ । त्यो पनि खेलका कारण ।


पहिलो कुरा त नेपालमा महिलाले बडि विल्डिङ खेलमा लाग्ने विषय नै आजका दिनसम्म पनि नौलो नै छ । त्यसमा पनि ढाडको रोगीले अन्तराष्ट्रिय स्तरको खेलाडी बन्ने र अन्तराष्ट्रिय जगतमा पुगेर प्रतिस्पर्धा गर्ने तहसम्मको हुन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । उनी पनि आफनो जीवनमा आएको परिवर्तनबाट अचम्मित नै छिन् । नेपालको बडि विल्डिङ खेलमा विशिष्ट पहिचान बनाएका सानु गुरुङले प्रोफेसनल वडि विल्डिङलाई नेपालमा भित्राएका हुन् । हुन त यो लीग र यसमा लाग्ने खेलाडीहरुको विषय अन्तराष्ट्रिय जगतमा अहिले पनि विवाद कायमै छ । तर पनि यसको आफनै घेरा भित्र भने यो खेलको आफनै लोकप्रियता छ ।


उनकै पहलमा केही साता पहिले नेपालमा प्रो कार्डका लागी प्रतियोगिता पनि आयोजना भयो । त्यही प्रतियोगितामा सहभागी भएपछि विनिता राई को जीवनमा एउटा ठुलो सफलता हात लागेको छ । ढाड दुख्ने समस्याले उनलाई एउटा खेलाडी मात्र बनाएन अन्तराष्ट्रिय जगतमा पुगेर प्रतिस्पर्धा गर्न सक्ने सम्मको बनायो । बडि विल्डिङ खेलमा लाग्नेहरुलाई जीवनको पछिल्ला दिनहरुमा समस्या आउन सक्छ भन्ने भ्रमलाई चिर्न पनि उनी सफल भएकी छिन् । ब्यवस्थित ब्यायाम र उचित आहारले जीवनलाई स्वस्थ बनाउने मात्र होइन एउटा प्रतिस्पर्धी खेलाडी पनि बन्न सक्छ भन्ने प्रमाणित गरेकी छिन् विनिताले । विनिताको यो साहसलाई अव राज्यले आगामी दिनमा कसरी सम्बोधन गर्छ त्यो भने हेर्न बाकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *