रोनाल्डो नेपाल आउने

काठमाण्डौ, खेलपेपर
विश्वमा पछिल्लो समय अत्याधिक लोकप्रिय बन्दै गएको ओरियन्टियरिङ स्पोर्टसलाई नेपालमा पनि ब्यापक बनाउने उदेश्यका साथ प्रशिक्षक रोनाल्डो अल्मेइडा नेपाल आउने भएका छन् । नेपाल ओरियन्टियरिङ फेडेरेशनको विशेष निमन्त्रणमा नेपाल आउन लागेका रोनाल्डोलाई यहाँ ल्याउनका लागी अन्तराष्ट्रिय ओरियन्टियरिङ फेडेरेशनले समन्वयकारी भुमिका निर्वाह गरेको बताइएको छ । रोनाल्डोले दुई साता नेपालका विभिन्न विद्यालयका विद्यार्थी र सो खेलमा चासो राख्नेहरुलाई विशेष प्रशिक्षण दिने बताइएको छ ।

रोनाल्डोले आगामी जेठ १ गते नेपालमा पनि आयोजना हुने तयारी रहेको वल्र्ड ओरियन्टियरिङ डे का लागी पनि थप प्रशिक्षण दिने बताइएको छ । ओरियन्टियरिङ स्पोर्टस भन्नाले म्याप, कम्पास र शारिरिक क्षमताको समिश्रण भएकाले यो खेल नेपालमा थप लोकप्रिय हुने विश्वास गरिएको छ । फुट, माउन्टेन बाइकिङ र स्की गरी तीन विधामा यो खेल खेल्न सकिन्छ । यो खेलका लागी म्याप र कम्पास आवश्यक हुन्छ । नेपालका पहाड, जंगल र खेर गइरहेका भुभागलाई खेल स्थलका रुपमा प्रयोग गर्न सकिने भएकाले यो खेलको नेपालमा थप संभावना रहेको फेडेरेशनका अध्यक्ष किरण मल्लले जानकारी दिनुभयो ।

केही साता अगाडी अन्तराष्ट्रिय ओरियन्टियरिङ फेडेरेशनका महासचिव तथा सि ई ओ टोम होलोवेल पनि दुई दिने नेपाल भ्रमणमा आएका थिए । उनले आफनो भ्रमणका दौरान सो खेलको एउटा सेमिनार पनि संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *