रोनीको पेनाल्टीमा म्यान यू लाई राहत

लण्डन, एजेन्सी । वायन रोनीले अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गरेपछि इङलिस क्लव म्यान्चेष्टर युनाइटेड एफ एक कप फुटवलको चौथो चरणमा स्थान बनाउन सफल भएको छ । सेफ युनाइटेड विरुद्ध भएको खेलमा म्यान यू ले एक शुन्य गोल अन्तरकोजीत दर्ता गरायो । खेल अवधि भर दुवै टिमले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकिरहेका थिएनन् । तर अन्तिम समयमा म्यान युले पेनाल्टी हान्ने अवसर पायो । मेम्फिसलाई डि एरियामा फाउल भएपछि म्यान यु का लागी रोनीले पेनाल्टी प्रहार गरेका थिए । सोही गोल नै म्यान यु का लागी राहत भयो । यो जीत पछि म्यानचेष्टर युनाइटेडका मेनेजर लुइस भान गाललाई पनि थोरै राहत भएको छ । गत साता उनको कडा आलोचना भएको थियो । समर्थकहरुले भान गालले टिम छाड्नु पर्ने माग समेत राखेका थिए । तर उनले आफुले टिम छाड्नु पर्ने कारण नभएको बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.