रोवर्टो म्यान्सिनी

जारी युरो कप फुटवलमा इटलीको प्रर्दशन अन्य टिमको भन्दा राम्रो देखिएको छ । इटलीले खेलेका दुई वटै खेलमा जीत दर्ता गराएर अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । वेल्स विरुद्धको एक खेल बाँकी हुदा नै इटलीले आफनो यात्रा तय गरेको हो । इटलीको जीतमा प्रशिक्षक रोवर्टो म्यान्सिनीको भुमिका महत्वपुर्ण रहेको छ । पूर्व खेलाडी समेत रहेका म्यान्सिनीले इटलीको प्रतिनिधित्व गर्दै ३६ वटा अन्तराष्ट्रिय खेल खेलेका थिए । युरो कप र विश्व कप फुटवलमा समेत इटलीको प्रतिनिधित्व गर्दै म्यान्सिनी सहभागी थिए । उनी म्यान्चेष्टर सिटीको म्यानेजरका रुपमा पनि काम गरिसकेका छन् । अहिले युरो कपमा पनि उनको भुमिकालाई लिएर चर्चा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *