ललितपुर र चौतारा फाइनलमा

काठमाडौं : काठमाडौं । आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन् ।जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौतारा फाइनल पुगेका हुन्  ।

चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३(१ को सेटमा पराजित गर्यो । चौताराले महालक्ष्मीलाई २५(१४, ३५(३३, १८(२५ र २५(१७ को सेटमा पराजित गर्यो ।दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३(० को सेटमा पराजित गर्दै ललितपुर पनि फाइनलमा पुगेको हो ।ललितपुरले कमलामाईलाई २५(१५, २५(१५ र २५(८ को सेटमा पराजित गर्दै चौतारासँगको भेट पक्का गरेको हो ।महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् ।

महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ ।प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५र१५ हजार पाउने छन् ।यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *