ललितपुर र थापाथलि फाइनलमा

ललितपुर । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृती प्रतिस्थानमा जारी तुल्सीलाल स्मृति चौथो राष्ट्रिय क्लब टीम बुद्धिचाल प्रतियोगितामा आयोजक ललितपुर स्पोर्ट्स क्लब र थापाथलि चेस पार्क फाइनलमा प्रवेश गरेका छन् ।  बिहिबार सम्पन्न सेमी फाइनल खेलमा ललितपुरले ३ जना पूर्वनेपाल च्याम्पियनहरु र बर्तमान नेपाल च्याम्पियन रहेको टीम गोल्डेनगेट ईन्टरनेशनल कलेजलाई २.५–१.५ अंकले पराजित गरे । जसमा केशव श्रेष्ठ र फिडेमास्टर बिलमलाल श्रेष्ठ, बद्रिलाल नेपाली र सुरबीर लामा तथा मदनकृष्ण कायस्थ र सजिन महर्जनबीचको खेल बराबरीमा टुंगियो । त्यस्तै भेट्रान राष्ट्रिय विजेता जनार्दन श्रेष्ठले पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलालाई प्रतिस्पर्धात्मक खेलमा माथ गरी आयोजक टीमलाई फाइनलमा पु–याए । त्यसैगरी थापाथली चेस पार्कले पनि गजुरमुखी चेस क्लब इलामलाई ३–१ अंकले पराजित गरे । थापाथलीका लागि युवा खेलाडी क्षितिज भण्डारीले फिडेमास्तर मनिष हमाल, आषिश फुयांलले कृष्ण थापा र सुमन राईले रिजेन्द्र राजभण्डारीलाई हराए भने शुशील चौधरी गजुरमुखीका प्रकाश नेपालसित स्तब्ध भए । शुक्रबार बिहान ११ः०० बजे ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क उपाधिका लागि भिड्ने छन् । गोल्डेनगेट कलेज र गजुरमुखी चेस क्लब तेश्रो स्थानको लागि खेल्नेछन् । पाँच दिने प्रतियोगिताको पुरस्कार वितरण अपरान्ह ४ः०० बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *