लामाको मुद्धाको पेशी १० असारमा

कठमाडौ, २ असार
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आफुलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको पदबाट गैर कानुनी रुपमा बर्खास्त गरेको भन्दै युवराज लामाले दायर गरेको मुद्धाको पेशी आगामी १० असारलाई तोकिएको छ । १ असारका लागी तोकिएको पेशी समयाभावका कारण नभ्याइएपछि अर्को पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । गत २६ जेठमा सदस्य सचिव लामा सहित परिषदका ६ पदाधिकारीलाई सर्वोच्चका न्यायाधिश गोपाल पराजुलीको एकल बेन्चले अन्तकालिन आदेश जारी गर्दै पदमा रहि रहन भनेको थियो । लामा सहितका परिषदका पदाधिकारीले केही साता पहिले मन्त्री पौडेलेको निर्णय विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका थिए । मन्त्री पौडेलले उनीहरु ६ जना परिषदको रिक्त रहेको पदमा बाकी पदावधिका लागी आएका कारण उनीहरुको पद अघिल्लो बर्ष नै सकिइसकेको दावी गर्दै  सोही ब्यहोराको पत्र थमाएका थिए । सो पत्र थमाए लगत्तै मन्त्री पौडेलले लामाको स्थानमा मन्त्रालयका सह सचिव चुडामणि पौडेललाई खटाएका थिए । तर दुई साता पनि वित्न नपाउदै लामा पुन अदालतको आदेश पछि परिषद प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *