लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

काठमाडौं : लालीगुराँस र एन्जल्स हर्ट १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।लालीगुराँसले जगत मन्दिरलाई ४२–२० ले पराजित ग¥यो । लालीगुराँसको जितमा दीपेश क्षेत्रीले २२ अंक योगदान गरे ।

शेखर मगरको १० अंक सहयोगमा एन्जल्स हर्टले आयोजक ओडिसी इन्टरनेसनल एकेडेमीलाई २५–१९ ले हरायो ।जुनियर ब्वाइजमै बीएनएले बुद्ध प्रकाशलाई २८–१६ तथा सेबले गोल्डेनपिकलाई ३१–२० ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । बीएनएका सन्देश खड्काले १६ तथा सेबका विकास डंगोलले १४ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published.