यो पटकको विश्व कप फुटवलमा छनौट चरणको खेल देखी नै अन्तिम अवस्थाबाट उम्केर अन्तिम चरणमा आइपुगेको अर्जेन्टिनी टिम मंगलवार राती पनि घर फर्कने अवस्थाबाट बल्ल बल्ल जोगिएर अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । अन्तिम खेलमा गर या मरको अवस्थाबाट अर्जेन्टिनालाई पार लगाउन लियोनेल मेस्सीले खेलेको भुमिका सवैभन्दा महत्वपुर्ण रहयो । अघिल्लो साता गतिलो फर्ममा नदेखिएका मेस्सीले यो साता भने आफनो चमत्कार देखाउदै टिमलाई पार लगाए । त्यसैले यो साताको खेलाडीका रुपमा लियोनेल मेस्सी हाम्रो छनौटमा परेका छन् ।
