काठमाडौं: नागर्जुन नगरपालिका वडा ६ को ‘ए’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । युथ हसन्टार क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा वडा ६ ‘ए’ ले वडा ९ ‘बी’ लाई ४–० गोलले पराजित ग¥यो ।
राज पौडेल र निरक खड्काले समान २–२ गोल गरे ।हसन्टार फुटबल मैदानमा भएको प्रतियोगिताको अर्को खेलमा हसन्टार ‘ए’ ले ब्राइट स्टार एफसीलाई १–० गोलले हरायो । रोहित दाहालले निर्णायक गोल गरे ।