वादोरियो टोली कम्बोडिया जाने

काठमाडौं  :दोश्रो कामीतसुमा ओकुकाई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया प्रस्थान गर्ने भएको छ । अगष्ट २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टोली प्रमुखमा नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *