विज किड्सलाई उपाधि

विज किड्सले दोश्रो माफ अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
माफद्वारा आयोजित प्रतियोगिताको फाइनलमा विज किड्सले क्याम्ब्रिज पब्लिक हाइ स्कुललाई २–१ को सेटमा पराजित ग¥यो । तेश्रो स्थानका लागि भएको खेलमा लाइसियमले ग्लोबल पब्लिकलाई २–० ले हरायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा क्याम्ब्रिजकी सुनैना दाहाल उत्कृष्ट खेलाडी घोषित भइन् । सुनैनाले पुरस्कार स्वरुप नगद ५ हजार पाइन् । पिस प्वाइन्टकी रेणुका श्रेष्ठ उत्कृष्ट सेटर तथा विज किड्सकी प्रशंसा तामाङ उत्कृष्ट स्पाइकर चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *