विदेशी खेलाडीको विमा आईएमईले गर्ने

काठमाडौं : मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना विमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोमबार हस्ताक्षर गरे ।
सागमा सहभागी हुने करिब ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना विमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन् । नेपाली खेलाडीलगायतको विमा भने यसअघि नै भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *