विम्बिल्डनमा जानको लागी शारापोभाले छनोट खेल खेल्नुपर्ने

काठमाण्डौ , २१,बिहीबार । एक महिना अघि डोपिङ प्रयोग गरेको आरोपमा खेलमा लगाएको १५ महिने प्रतिबन्धबाट छुटे पश्चात टेनिस खेलाडी मारीया सारापोभाले विम्विल्डन टेनिसमा सहभागीता जनाउनु भन्दा पहिला छनोट खेल खेल्नु पर्ने भएको छ । शारापोभाले विम्बिल्डनमा आफ्नो वाईल्ड कार्ड ईन्ट्रिको लागी कुनै आग्रह समेत गरेकाी छैनन् । तर अल ईङ्ल्याण्ड क्लबका चिफ रिचार्ड लेविसले शारापोभाले छनोट खेलमा राम्रो नतिजा ल्याउदै विम्बिल्डन टेनिस प्रतियोगितामा प्रबेश गर्न सफल हुने बताएका छन् । घण् बर्षिया पुर्व बिश्व न.१ शारापोभा अघिल्लो महिनामा स्टर्टगार्डमा भएको टेनिस प्रतिस्पर्धामा सेमिफाईनल सम्म पेगेकि थिईन् ।बिम्विल्डन टेनिसको छनोट खेल ईङ्ल्याण्डको स्पोर्टस कोर्टको किनारमा २६ जुन देखि २९ जुन सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published.