विराटनगर किङ्ग्समा दुई विदेशी खेलाडी अनुबन्ध

खेलपेपर, काठमाडौं।
१५ माघ २०७५

यही माघ २५ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताका लागि विराटनगर किङ्ग्सले आज दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

क्लबका अनुसार भारतका अभिनाश यादव र शिभकान्त शुक्लालाई क्लबमा अनुबन्ध गरिएको छ । दुवैले भारतको प्रतिष्ठित रञ्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अभिनाश देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् । अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन् । यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा चार हजार १९८ रन बनाएका छन् ।

विराटनगरको रणनीतिक खेलाडीका रुपमा करण केसी रहेका छन् । टोलीका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बाँस्कोटा, किशोर महतो, सुशन भारी, हरिशङ्कर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवास ऐर छन् । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *