विश्वकपको प्रि–क्वार्टर समिकरण पुरा

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत समुहगत चरणका सवै खेलहरु विहिवार रातीबाट सकिएका छन् । अन्तिम १६ मा स्थान बनाउने टिमको पनि टुङगो लागेको छ । विहिवार राती भएको खेलबाट कोलम्विया र जापान तथा बेल्जियम र इङल्याण्डले अघिल्लो चरणमा स्थान सुरक्षित गरेसँगै समुहगत चरणका खेलहरु सकिएका हुन् । विहिवार राती भएको खेलमा जापान पोल्याण्डसँग पराजित हुदा पनि अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो । कोलम्वियाले सेनेगललाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो । उता अर्को समुहको खेलमा बेल्जियमले इङल्याण्डलाई एक शुन्य गोल अन्तरले पराजित ग¥यो । समुहगत चरणको अन्तिम औपचारिक खेलमा ट्युनिसियाले पानामालाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published.