विश्वकपमा चिलीको विजयी सुरुवात

३१ जेठ, काठमाडौं ।

 

विश्वकप फुटबलमा चिलीले विजयी सुरुवात गरेको छ । शनिबार विहान भएको समूह बीको दोस्रो खेलमा खेलमा चिलीले अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा चिलीले १२ औं मिनेटमा एलेक्स सान्चेजको क्लोज रेन्ज गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटभित्रै जोर्जे भाल्डिभिया गोल गरेपछि चिली २–० को अग्रता लिन सफल भयो । खेलको ३५ औं मिनेटमा टिम काहिलले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने संकेत दिए । खेलको अन्तिम मिनेटमा जीनले गोल गरेपछि चिली ३–१ ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *