विश्वविद्यालय चेसमा हिमाल च्याम्पियन

काठमाण्डौं, असार ४ गते ।

गोल्डेनगेट इन्टरनेशनल कलेजका हिमाल लामाले दोश्रो युनिभरसिटी चेस च्याम्पियनसीपको उपाधि जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ५ जीत र दुई बराबरी खेली ६ अंक बनाएका थिए । उनले बुधबार सम्पन्न छैटौं खेलमा पुल्चोक ई. कलेजका आशिष आचार्यलाई माथ गरेका थिए । सातौं खेलमा आफनै कलेजका सौरभ प्रधानसित अंक बााडे । उपाधिसागै हिमालले नगद १५ हजार पनि हात पारे । त्यस्तै समान ६ अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा काठमाण्डौं इन्जिनियरिङ कलेजका क्षितिज भण्डारी दोश्रो भए । क्षितिजले छैटौं खेलमा गोल्डेनगेटका सुरज पण्डितसित बराबरी खेलेका थिए भने सातौंमा ब्राइट फयुचर कलेजका रंजित राइलाई हराए । उनले नगद १० हजार प्राप्त गरे । साथै उनीहरुले यहि सन् २०१४ अगष्ट १८ तारिखदेखि २३ तारिखसम्म पोल्याण्डमा हुने वल्र्ड युनिर्भसिटी चेस च्याम्पियनसीपमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने आयोजक युसानका महासचिव पूर्णसिंह बोहराले बताए ।   नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा संचालित टुर्नामेन्टमा समान साढे ५ अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा गोल्डेनगेटका सुरज पण्डित र सौरभ प्रसाद प्रधान क्रमश: तेश्रो र चौथौं रहे । उनीहरुले नगद ६ हजार र ४ हजार हात पारे । विश्वविद्यालय खेलकुद संघ नेपाल (युसान)द्धारा आयोजित प्रतियोगितामा पुल्चोक क्याम्पसका आशिष आचार्य पााचौं, त्रिचन्द्र क्याम्पसका विक्रमध्वज श्रेष्ठ छैटौं, रंजित राई सातौं, विश्व निकेतनका आशिष फुायाल आठौं, काठमाण्डौं युनिभरसिटीका विनोद तिमल्सिना नवौं र त्रिचन्द्र क्याम्पसका रामभक्त श्रेष्ठ उत्कृष्ठ दशौं रहे । त्यसैगरी पब्लिक युथ क्याम्पसकी सिन्दिरा जोशी ४ अंकका साथ उत्कृष्ठ महिला घोषित भईन् । चारदिने प्रतियोगितामा ५ विश्वविद्यालयमा आबद्ध २६ कलेजका ५३ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *