विश्व कपमा ब्राजिलको दुखद अन्त्य, नेदरल्याण्डस तेश्रो

रियो, २९ असार
पाच पटक विश्व कप फुटवलको उपाधि जितिसकेको ब्राजिलको विश्व कप यात्रा पीडादायी बनेको छ । तेश्रो स्थानका लागी आइतवार विहान भएको प्रतियोगितामा ब्राजिलले नेदरल्याण्डस सग तीन शुन्य गोल अन्तरको नमिठो हार ब्यहोर्नुपरेको छ । यस अघिका दुई वटा नक आउट खेलको झण्डै चार घण्टाको अवधिमा गोल गर्न नसकेको नेदरल्याण्डस टिमले ब्राजिल विरुद्धको प्ले अफको खेलमा भने १६ मिनेट भित्रमा दुई गोल गरेको थियो ।पहिलो गोल नेदरल्याण्डसले पेनाल्टी मार्फत गरेको थियो । प्रतिबन्ध पछि खेलमा फर्केका थिएगो सिल्भाले डि एरिया भित्र आर्जेन रोवेनलाई लडाएपछि रेफ्रिले नेदरल्याण्डसलाई पेनाल्टी दिएका थिए । खेलको तेश्रो मिनेटमा नै रोविन भ्यान पर्सीले सो पेनाल्टीलाई गोलमा परिणत गरिदिएका थिए । खेलको १७ औं मिनेटमा डेले ब्लाइन्डले अर्को एक गोल थपेपछि ब्राजिलको खराव समय शुरु भएको थियो । ब्राजिलले आइतवारको खेलमा ६ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफमा ब्राजिलले नेदरल्याण्डस विरुद्ध केही दवाव श्रृजना गरेको थियो । तर ब्राजिली दवावको कुनै अर्थ रहेन । बरु अर्को गोल थप्न नेदरल्याण्डस सफल भएको थियो ।  तेश्रो गोल ९० औं मिनेटमा विज्नाल्डमले गरेका थिए ।  सेमिफाइनलमा जर्मनी विरुद्धको खेलमा ७–१ गोल अन्तरको ऐतिहासिक हार ब्यहोरेको ब्राजिली टिमका खेलाडीहरु आइतवारको हार पछि थप निराश भएका छन् । ब्राजिली समर्थकहरु पनि निराश र चिन्तित हुदै घर फर्केका छन् । विगत ३९ बर्षदेखी ब्राजिल आफनो घरेलु मैदानमा अपराजित रहदै आएको थियो । तर अहिले पाच दिनको अन्तरालमा ब्राजिलले दुई वटा नमिठो हार ब्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *