विश्व कप फुटवलको छनौट चरणका खेल जारी , उरुग्वे र ब्राजिल विचको खेल बरावरी

रियो, एजेन्सी । लुइस स्वारेजले दोस्रो हाफमा गोल गरेपछि युरुग्वेले ब्राजिल विरुद्धका खेलमा दुई दुई गोलको बरावरी गर्न सफल भएको छ । सन् २०१४ मा खेलाडीलाई टोकेको आरोप लागेपछि स्वारेजले खेलेको यो पहिलो अन्तराष्ट्रिय खेल पनि हो । बार्सिलोनाका स्ट्राइकर स्वारेजले युरुग्वेका लागी ६ सय ४० दिन देखी कुनै पनि खेलमा सहभागी थिएनन् । खेलको २६ औं मिनेटमा रिनाटो अगष्टोले ब्राजिलका लागी पहिलो गोल गरेका थिए । दोस्रो गोल खेलको  ३९ औं मिनेटमा डौगलस कोष्टाले गरेका थिए । पहिलो हाफमा नै एडिशन काभानीले गोल फर्काउदै खेललाई २–१ को अवस्थामा पु¥याएपछि हाफ टाइम भएको थियो । तर दोस्रो हाफमा स्वारेजले गोल गरेपछि खेल दुई दुई गोलको बरावरीमा सकिएको थियो । सन् २०१४ को विश्व कप फुटवलका दौराा इटालिका जर्जियो चिलियानीलाई टोकेपछि उनलाई प्रतिबन्ध लगाइएको थियो । उनलाई नौ महिनासम्म कुनै पनि अन्तराष्ट्रिय फुटवलमा सहभागी हुन नपाउने र चार महिनासम्म फुटवलका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धका कारण स्वारेजले कोलम्विया विरुद्धको विश्व कप खेल, सन् २०१५ को कोपा अमेरिकाका सवै खेल र सन् २०१८ को विश्व कप फुटवलको छनौट चरणका चार खेल खेल्न पाएका थिएनन् । यो  जीत पछि युरुग्वे दक्षिण अमेरिकी छनौटमा दोस्रो नम्वरमा छ । पहिलो नम्वरमा इक्वेडर रहेको छ । तेश्रो नम्वरमा ब्राजिल, अर्जेन्टिना र पाराग्वे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *