वेएन रूनी अन्तिम पटकलाई कप्तान

काठमाडौं, खेलपेपर |

इङ्ल्यान्डको इतिहासकै धेरै गोल गर्न सफल खेलाडी वेएन रूनी आफ्नो अन्तिम खेल अमेरिकाको बिरुध भोली खेल्ने छन् | रूनी अन्तरराष्ट्रिय फूटबलबाट सन्यास २०१७ मा लिसके पनि भोली हुने खेलमा बेन्च्बाट आएर इङ्ल्यान्डकोलाई आफ्नो अन्तिम खेल खेल्ने भएका छन| इङ्ल्यान्डको वेम्ब्ली रङशालामा हुने एस खेल्मा रूनीले आफ्नो १२० औ क्याप हासिल गर्ने छन | फबिअन डेल्फ पहिलो हाल्फमा कप्तान गर्ने छन र दोस्रो हाल्फमा भने वेएन रूनी मैदानमा प्रबेश गरेर इङ्ल्यान्डको कप्तान बन्ने छन | रूनीले वेम्ब्लीमा गार्ड अफ अनर पनि पाउने छन |

वेएन रूनी गत जुन देखी अमेरिकाको डिसी युनाईटेडमा फूटबल खेल्दै गरेका छन| म्यान्चेस्टर युनाईटेडमा आफ्नो प्रतिभा देखाउदै म्यान्चेस्टरको पनि रेकर्ड गोल स्कोरर हुन सफल भएका थिए | रूनी २०१७ को जुलाईमा म्यान्चेस्टर छाडेर एवेर्टनमा गएका थिए| एवेर्टन पछी डिसी युनाईटेडमा खेल्न सुरु गरे पछी यो खेल उन्को जन्म भुमीमा पहिलो र शायद अन्तिम खेल हुने छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *