शनिवारबाट नकआउट चरणका खेल

मस्को, एजेन्सी
विश्व कप फुटवलमा शनिवारबाट नक आउट चरणका खेलहरु शुरु हुदैछ । नक आउट चरण अर्थात हारपछि घर फर्कने खेल । सवै टिमका लागी यो चरण गर या मरको अवस्थामा रहन्छ । शनिवार राती पौने आठ बजे यो  प्रतियोगिताका दुई बलिया दावेदार अर्जेन्टिना र फ्रान्स विच खेल हुनेछ । दुवै टिम विश्व विजेता पनि हुन् । त्यसैले यो खेल विश्व भरीका फुटवल प्रेमीका लागी प्रतिक्षाको खेल हो । अन्तिम खेलमा उत्कृष्ट नतिजा निकाल्दै यो चरणमा आइपुगेको अर्जेन्टिना र यो प्रतियोगिताको शुरु देखी नै राम्रो खेल खेलिरहेको फ्रान्स विचको खेल रोमान्चक हुनेमा दुई मत छैन ।  त्यस्तै शनिवार राती पौने १२ बजे हुने अर्को खेलमा उरुग्वेले पोर्चुगलको सामना गर्नेछ । उरुग्वे र पोर्चुगल दुवै टिम पनि यो प्रतियोगिताका बलिया दावेदार हुन् । समुहगत चरणमा दुवै टिमको बलियो उपस्थिति देखिएको थियो । त्यसै कारण यो खेल पनि फाइनल खेल सरह नै हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *