शैलजा कुमार, कबड्डी प्रशिक्षक, इरान

भारतीय शैलजा कुमार यती बेला एसियन गेम्समा चर्चित प्रशिक्षकका रुपमा रहेकी छिन् । कबड्डीको फाइनल खेलमा भारतसँग इरानले भिडन् परेको थियो । त्यती बेला शैलजाको मनमा कसको समर्थनमा उत्रने भन्ने चिन्ता केही बेर त पक्कै थियो होला । तर उनी प्रशिक्षकका रुपमा इरानबाट इन्डोनेशिया पुगेकी थिइन् । त्यसैले इरानको समर्थन गर्ने बाहेक अर्को विकल्प उनी सँग थिएन । फाइनलमा इरानले भारतलाई २४–२७ ले पराजित गर्दै स्वर्ण पदक जित्यो । भारतले रजत पदकमा नै चित्त बुझाउनु प¥यो । जैन परिवारकी शैलजा शाकाहारी मन पराउने प्रशिक्षक हुन् तर इस्लामिक मुलुकमा प्रशिक्षक बनेर त्यो देशका खेलाडीलाई एशियाली खेलमा स्वर्ण पदक दिलाउने हैसियत सम्म बनाइन् । त्यसैले यो साता हामीले शैलजा कुमारलाई साताको प्रशिक्षकका रुपमा चयन गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *