खेलपेपर, काठमाडौं।
१ फाल्गुन २०७५
सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधवार भएको पहिलो खेलमा श्री भगवती क्लबले खुमलटारमाथि पहिलो जित निकालेको छ।
दोस्रो खेलमा भने सातदोबाटो युथ क्लब र बोइज युनिओनले बराबरी खेलेका छन।
सत्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा भएको पहिलो खेलमा श्री भगवती क्लबले खुमलटार युथ क्लबलाई ५-० को गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफको ४४ मिनेटमा खुमलटारका रक्षक सन्जोक चाम्लिङले आफ्नै पोष्टमा गोल गर्न पुगे । फ्रिकिक रोक्ने क्रममा उनले आफ्नै पोष्टमा बल छिराएका थिए ।
४९ मिनेटमा दर्शन गुरुङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५७ मिनेटमा फ्रिकिक मार्फत राना मगरले तेस्रो गोल गरे । खेलको ७५ मिनेटमा अन्जेस लामाले चौथो गोल थपे ।
खेलको ८३ मिनेटमा कार्लोस बखरीयाले किपर बिट भएकै अवस्थामा गोल गर्दै टिमलाई फराकिलो जित दिलाए । यसअघि भएको पहिलो खेलमा दुबै टिम पराजित भएका थिए ।
दोस्रो खेलमा भने सातदोबाटोका बिरेन्द्र लिम्बुले २३ औ मिनटमा गोल गर्दै अग्रता दिलाये पनि दोस्रो हाफको ५४ औ मिनटमा बोइज युनिओनका सुसन लामाले गोल फर्कौदै बराबरी गरे।