श्रेष्ठ स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौं  : नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ अशोककुमार श्रेष्ठ बिहीबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् ।

इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसन, स्विस हल अफ अनरले प्रदान गर्ने वर्षको उत्कृष्ट सिनियर प्रशिक्षक अवार्ड– २०१९ ग्रहण गर्न श्रेष्ठ स्विट्जरल्यान्ड गएको बताइएको छ । अवार्ड सेप्टेम्बर २१ तारिखमा प्रदान गरिने छ । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published.