संकटा लिगको उपबिजेता

खेलपेपर, काठमाडौं।
१८ पौष २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत भएको १२ औ चरणको अन्तिम खेलमा थ्री स्टार क्लबलाई संकटा क्लबले पराजित गरेको छ।

सात्दोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले थ्री स्टार क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो। संकटाको अमित तामाङले दुबै हाफमा पेनल्टीमार्फत गोल गर्दै खेल जिताएका हुन। थ्री स्टारले खेलको ३० औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । पेनाल्टी क्षेत्रभित्र रन्जन विष्टले दबाबमा रहेको अवस्थामा गरेको फितलो प्रहार गोलरक्षक राजाबाबु थापाले रोक्न नसक्दा संकटा खेलमा पछाडी परेको थियो । पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा संकटाले खेल बराबरीमा ल्यायो । पेनाल्टी क्षेत्रभित्र सुनिल बलले सौजन राईलाई फल हानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । दोस्रो हाफको ७७ औ मिनटमा फेरी पेनल्टी पाएर संकटाले आफ्नो आग्रता बनायो। खेलको ‘म्यान अफ द म्याच’ २ गोल गर्दै संकटाको अमित तामाङले पाउन सफल भये।

संकटाले थ्री स्टारलाई हराउदै ए’ डिभिजन लिग प्रतियोगिताको उपबिजेता भएको छ। मनाङले ३ खेल बाँकी हुँदै लिग जितिसकेको थियो तर दोस्रो स्थान तय थिएन। आजको खेल जित्दै संकटाले १२ खेलमा २८ अंक जोद्दै लिगको अन्तिम चरण बाँकी हुँदा नै उपबिजेता भएको छ। थ्री स्टार भने यो तेस्रो हारको साथ २३ अंक बनाउदै तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *