संरक्षक र मायांका च्याम्पियन

काठमाडौं, पुस ८ गते ।
संरक्षकभूषण वज्राचार्य र मायांका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । यु–१८ सिंगल्सको ब्वाइजमा संरक्षक र गल्र्समा मायांका च्याम्पियन बनेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले प्रणव खनाललाई ३–६, ६–३ र ६–३ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा मायांकाले प्रेरणा कोइरालालाई ६–२ र ६–४ को सोझो सेटमा हराइन् । दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सयका दरले नगद पुरस्कार पाए ।
यसअघि यु–९ सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गल्र्समा सुनिरा थापा, यु–१० सिंगल्सको ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा इभा अधिकारी तथा यु–१४ सिंगल्सको ब्वाइजमा आदित सुवेदी र गल्र्समा अभिलाषा विष्टले स्वर्ण जितेका थिए । त्यस्तै यु–१८ डबल्सको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र भाई सम्यकको जोडी तथा गल्र्समा जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाको जोडी च्याम्पियन बनेका थिए ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित छदिने प्रतियोगितामा ५९ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । दसै स्पर्धामा मिलाएर जम्मा २ लाख ४८ हजार रुपैयाँ नगद पुरस्कार पुरस्कार वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *