सदस्य–सचिव गुरुङले दिए खेलाडीलाई उपचार खर्च

काठमाडौं  :राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले राष्ट्रिय टिमका तेक्वान्दो खेलाडी भुपेन्द्र श्रेष्ठलाई मंगलबार उपचार खर्च प्रदान गरेका छन् ।
निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेको पहिलो दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा रहेका कराते र तेक्वान्दो खेलाडीको तयारी बारे बुझ्न सातदोबाटो पुगेका निमित्त सदस्य–सचिव गुरुङले घुँडाको एमआरआई गर्दा खर्च भएको ११ हजार रुपैयाँ भुपेन्द्रलाई प्रदान गरेका हुन् । तेक्वान्दो प्रशिक्षक दीपक विष्टले भुपेन्द्रको उपचार खर्चको भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।खेलाडीसंगको भेटमा निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई १३ औं सागमा राष्ट्रलाई बढी भन्दा बढी पदक दिलाउनका निम्ति मेहनत गर्न आग्रह गरे ।राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल १३ औं सागकै सिलसिलामा मंगलबार चीन प्रस्थान गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि सदस्य गुरुङलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *