‘सदस्य सचिव विष्ट नै विवादको जड’

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट नै यतीबेला खेल क्षेत्रमा विवाद बढाउने मुख्य ब्यक्तिका रुपमा परिचित भएका छन् । पछिल्ला समय उनले गरेका अधिकांश निर्णयले नेपाली खेल क्षेत्रमा विवाद थपेको छ । नेपाल क्रिकेट संघको  विषयमा उनले गरेको निर्णय यसको सवैभन्दा पछिल्लो उदाहरण हो । क्रिकेट संघलाई पनि दुई वटा बनाउने काम राखेप सदस्य सचिव विष्टले गरेका छन् । त्यती मात्र होइन उनले नेपालको कानुनको समेत खिल्ली उडाएका छन् । पुनरावेदन अदालतमा विचाराधिन रहेको विषयलाई  वेवास्ता गर्दै उनले नेपाल क्रिकेट संघ पुर्नगठन गरे । यसले अदालतको मानहानी भएको ठहर कानुनका ज्ञाताहरुको छ ।त्यस्तै उनले नेपाल बक्सिङ संघको मुख्य प्रशिक्षकको विषयमा गरेको निर्णय पनि विवादास्पद बनेको छ । उनले दुई महिना पहिले मात्रै ओम मास्केलाई हटाएर प्रचण्ड शर्मालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए । तर अहिले पोखरामा प्रशिक्षण गराइरहेका प्रचण्डको जागिर खोसेर पुन ओम मास्केलाई नै जिम्मेवारी सदस्य सचिव विष्टले  दिएका छन् ।  यसबाट पनि उनी नेपाली खेल क्षेत्रलाई कतिसम्म विवादित बनाउन चाहान्छन् भन्ने  पुष्टि हुन्छ । तेक्वान्दो, कराते लगायतका खेलका विषयमा पनि उनले स्पष्ट नीति लिन नसक्दा विवाद थप गाजिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *