सन्दिप टि-१० लिगको पाँचौ खेल आज खेल्दै

नेपाली राष्ट्रिय क्रीकेट टोली साथै ईण्डियन प्रेमिएर लिग (आइ.पि.एल) को दिल्ली डेरडेभिल्समा आबध लेग स्पिनर सन्दीप लामिछानेले प्रतिनिधित्व गरि रहेको केरला किंग्सले आज नर्थन वारियर्ससँग आफ्नो पाँचौ खेल खेल्दै छ ।

खेल नेपाली समय अनुसार बेलुका ५ः १५ बाट शारजाह क्रिकेट मैदानमा सुरु हुने छ । चार खेलमा १ मा जित र दुईमा हारका साथ पुछारबाट दोस्रो स्थानमा रहेको केरलाले अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । वारियर्सले ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ ।

जारी टी–१० लिगमा सन्दीपले ४ खेलमा ८ ओभर बलिङ गर्दै १०.२५ को इकोनमीका रन खर्चेर ६ विकेट लिएका छन् । पहिलो खेलमा पख्तुन्सविरुद्ध २ ओभरमा ३ विकेट लिदैँ ‘म्यान अफ द म्याच’ चुनिएका सन्दीपले दोस्रो खेलमा सिन्धिसविरुद्ध २ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे । त्यस्तै तेस्रो खेलमा राजपुत्सबीरुद्ध २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । तर चौथो खेलमा पन्जाब लेजेन्ड्सबीरुद्ध अलि महँगो सावित भएका सन्दीपले २ ओभरमा २८ रन खर्चिदा कुनै विकेट हात पार्न सकेनन् ।

सन्दीप सर्वाधिक विकेट लिने बलरमा सूचिमा पाँचौ स्थानमा रहेका छन् । क्रिस जोर्डन ८ विकेट लिदै पहिलो र जाहिर खान समान विकेटमा दोस्रो स्थानमा रहेका छन् । सन्दीपले आजको खेलमा २ भन्दा बढि विकेट लिन सके शिर्ष स्थानमा उक्लिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *