सन्दिप लामिछाने, नेपाल राष्ट्रिय क्रीकेट खेलाडी

खेलपेपर, काठमाडौं |

नेपाली यू-१९ क्रीकेट देखीनै चर्चामा अैराख्ने नेपाली यूवा स्पिनर सन्दीप लामिछाने अहिले फेरी चर्चाको पात्र बनेका छन । सन्दीप लामिछाने नेपालको क्रीकेटरहरु मध्ये अन्तरराष्ट्रिय क्रीकेटमा सबै भन्दा रुजेका खेलाडी हुन । उन्ले आफ्नो देशबाट यू-१९ , राष्ट्रिय टोली साथै अन्तरराष्ट्रिय स्थरमा हङकङ, अष्ट्रेलिया, यूएई, ईन्डिया र अन्य अन्तरराष्ट्रिय खेल खेलिसकेका छन। गत बर्ष मात्र सन्दिपलाई ईण्डियन प्रेमिएर लिग (आइ.पि.एल) को दिल्ली डेरडेभिल्सले सन्दिपलाई भारती २ लाखमा खरिद गरेको थियो।  भर्खर मात्र डेरडेभिल्सले आउने सिजनका लागि टोलीमा समावेश गरेको छ | अहिले सन्दिप यूएईमा जारी टी–१० लिगमा केराला नाइट्सको टोलीबाट खेलिरहेका छन ।

सन्दिपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको छ। सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् ।

सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् ।

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टोलीले चासो देखाएका थिएनन् । अघिल्लो वर्ष दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै तीन खेलमा पाँच विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *