सन्दीप लामिछाने पुन दिल्ली डेरडेभिल्सबाटै खेल्ने

खेलपेपर, काठमाडौं |

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने २०१९ को सिजनलाई पनि इन्डियन प्रिमियर लिग को दिल्ली डेरडेभिल्सबाट खेल्ने भएका छन |
गत बर्ष डेरडेभिल्सले इन्डियन प्रिमियर लिग नीलामीमा सन्दिपलाई भारती २ लाखमा खरिद गरेको थियो|

यो बर्ष दिल्ली डेरडेभिल्सले पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् ।भारतीय ब्याट्सम्यान मनाजोत कालरा, जयन्त यादव, राहुल टेवाटिया, हर्षल पटेल, अमित मिश्रा र आवेश खान पनि अर्को सिजन दिल्लीकै जर्सीमा हुनेछन् ।

दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र ड्यान क्रिस्टियन, लियाम प्लंकेट र जुनिअर डालालाई टोलीमा समावेश गरेको छैन । भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि अर्को सिजनका लागि टोलीमा समेटिएका छैनन् ।

यो बर्षकोलाई दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई ल्याउदै विजय शंकर, अभिषेक शर्मा र सहबाज नदीमलाई हैदराबाद पुराएको छ |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *