समृद्धि र नर्थ पोलको विजयी सुरुआत

खेलपेपर, काठमाडौं ।
२१ पौष २०७५
समृद्धि गोरिल्लाज र काठमाडौं नर्थ पोल क्लबले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन् ।
समृद्धिले आयोजक मध्येको एक विशाल मिलन केन्द्र (बीएमके) लाई ४५–२० ले पराजित ग¥यो । समृद्धिको जितमा सोनी वाइबाले १४ अंक योगदान गरिन् । पहिलो क्वाटरमा १५–० को अग्रता बनाएको समृद्धिले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । समृद्धिले दोश्रोमा ११–८, तेश्रोमा ८–६ र चौथोमा ११–६ स्कोर ग¥यो ।
चण्डोलस्थित बीएमकेको कोर्टमा सन्जु हुवाइको १२ अंक सहयोगमा काठमाडौं नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई २९–२४ को साँघुरो अन्तरले हरायो । पराजित एनसीसीएसकी लोमससिंह श्रेष्ठले पनि १२ अंक जोडिन् । सुरुको क्वाटरमा ७–१ को अग्रता बनाएको काठमाडौं नर्थ पोल दोश्रो र तेश्रो क्वाटरमा क्रमशः २–५ र ८–१० ले पछि परेको थियो । काठमाडौं नर्थ पोलले चौथो तथा अन्तिम क्वाटर १२–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो ।
आठदिने प्रतियोगितामा ५ टिम सहभागी छन् । पहिले राउन्ड लिगका आधारमा खेल खेलाइने छ । त्यसपछि शीर्ष ४ स्थान हात पार्ने टोली मध्ये पहिलो र दोश्रो हुनेले फाइनल प्रवेशका लागि भिड्ने छन् । यसमा पराजितले तेश्रो र चौथोबीचको विजेतासंग पुनः फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा राष्ट्रिय टिमका १२ खेलाडी बाहेक सबैले प्रतिस्पर्धा गर्ने पाउने प्रावधान छ । आइतबार स्मार्ट लियोपार्ड र बीएमके तथा समृद्धि र डिफेन्डिङ च्याम्पियन साइपालबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *